मेडिप्लस हस्पिटलमा मुक्तिनाथका ग्राहक र कर्मचारीलाई विशेष छुट

पोखरा । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर पोखरा र मुक्तिनाथ विकास बैंकबीच सहकार्यको सम्झौता भएको छ । मुक्तिनाथका ग्राहक तथा कर्मचारीलाई मेडि प्लस हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा हस्पिटलका अध्यक्ष रमेशकुमार थापा र बैंकका तर्फबाट प्रदेशका प्रमुख बाबुराम ढकालले सम्झौता गरेका हुन् ।
यसैगरी यस अगाडि हस्पिटलले मेगा बैंक, सराङकोट सहकारी, रेडियो सराङकोट, नेपाल इन्भेष्टमेन्ट बैंक, जय गणेश सहकारी, नव आदर्श सामुदायिक क्लब लगायत विभिन्न सामुदायिक संघसंस्था तथा व्यावसायिक संस्थाहरुसँग सम्झौता गरिसकिएको थापाले जानकारी दिए ।

‘अन्य संस्थासँग पनि सम्झौताको तयारी भइरहेको छ,’ थापाले भने । सम्झौता भएका सबै संस्थामा आबद्ध कर्मचारी तथा ग्राहक सबैलाई छुट प्रदान हुनेछ ।

footwear zone

You might also like

Comments are closed.