काठमाडौं । मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९ सय ५७ रूपैयाँको १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ ।
प्रस्तावअनुसार एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० बराबरको लाभांश शेयर दिइनेछ ।

लाभांश शेयर वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने बैंकका वरिष्ठ नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिए ।




Comments are closed.