मेगा बैंक र किन्निहो प्रालि बीच सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । किन्निहोसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्निहोको सिफारिसमा साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । किन्निहोका प्रमुख घिमिरेले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए ।

footwear zone

किन्निहोसँगको सम्झौता अन्तर्गत मेगा बैंकले प्रबद्र्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य रहेका बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जाकारी दिए ।

 

You might also like

Comments are closed.