मेगा मोटर्सद्वारा ‘मेगा एक्स्चेन्ज विक’ आयोजना, ५ लाख रुपैयाँसम्म नगद छुट

काठमाडौं । निशान र ड्याट्सन गाडीको लागि काठमाडौं र ललितपुरको आधिकारिक बिक्रेता मेगा मोटर्सले ‘मेगा एक्स्चेन्ज विक’ सञ्चालन गर्ने भएको छ । यही माघ २५ देखि ३० (फेब्रुअरी ७ देखि १२) सम्म महाराजगन्ज र बालकुमारी दुवै शोरुममा मेगा एक्स्चेन्ज विक आयोजना गरिएको सञ्चालक महेश पालले जानकारी दिए ।

मेगा एक्स्चेन्ज विकमा सहभागी भइ ग्राहकले आफूले चढ्ने पुरानो गाडी एक्स्चेन्ज गरी निशान र ड्याट्सनका २०२१ कै मोडल गाडी चढ्न सक्नेछन् । एक्स्चेन्स विकमा गाडी साटफेर गर्ने ग्राहकले विशेष छुटसहितको अफर प्राप्त गर्ने पालले जानकारी दिए ।

एक्स्चेन्ज विकको अवसरमा गाडी एक्स्चेन्ज गर्दा ५ लाख रुपैयाँसम्म नगद छुट, एक्स्चेन्ज बोनस ३ लाख रुपैयाँसम्म, ५० हजार रुपैयाँसम्म क्यास ब्याक लगायतको अफर ग्राहकले प्राप्त गर्ने उनले जानकारी दिए । लक्की ड्रका आधारमा एक जनालाई आइफोन १२ प्रदान गरिनेछ । एक वर्षका लागि सडक कर र इन्स्योरेन्स निःशुल्क हुनेछ ।

footwear zone

मेगा एक्स्चेन्ज विकका अवसरमा दुवै शोरुमबाट स्पट फाइनान्सको सुविधा उपलब्ध हुने उनले जानकारी दिए । ‘नयाँ निसान चढ्न चाहने ग्राहकको पुरानो गाडीको उचित मूल्यांकन गरिनेछ,’ उनले भने, ‘७.९९ प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा उपलब्ध हुन्छ ।’

You might also like

Comments are closed.