हरपल र मालिकाबाट मेलम्ची बाढी पीडितलाई राहत वितरण

काठमाडौं । हरपल फुड्स प्रा.लि. र मालिका बचत तथा ऋण सहकारी संस्था लि.ले सिन्धुपाल्चोकस्थित मेलम्ची बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाको टोलीले बुधबार मेलम्चीमै पुगेर सहयोग गरेको हो ।

हरपल फुड्स र मालिक बचतका अध्यक्ष जनक धामीको नेतृत्वमा टोली मेलम्ची पुगेको थियो । धामीसहित डा. उत्तम उपाध्याय, हरपल फुड्स प्रालिका कन्ट्रि म्यानेजर तारामान धामी, मालिक बचतका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर धामी, व्यवसायी नवीन प्रकाश तिवारीसहित प्रमिला कोइराला खतिवडा, सिर्जना काफ्ले खतिवडा लगायतको टोलीले मेलम्ची पुगेर राहत वितरण गरेको छ ।

३१ घर परिवारलाई प्रति परिवार ५ हजारका दरले राहत वितरण गरिएको हो । ‘प्राकृतिक विपत्तीबाट मेलम्चीमा धेरै क्षति भएको छ,’ सहयोग हस्तान्तरण गर्दै अध्यक्ष धामीले भने, ‘विपदको अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ ।’

footwear zone

स्थानीय तहसँग समन्वय गरेर आर्थिक सहयोग हस्तान्तरण गरिएको धामीले जानकारी दिए । सहयोगका लागि बाढी पीडित स्थानीयबासीहरुले धन्यवाद ज्ञापन गरेका थिए ।

You might also like

Comments are closed.