काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड मर्ज हुने भएका छन्।
दुबै कम्पनीको माउ कम्पनी नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज भइ एकीकृत कारोबार सुरु गरे पश्चात दुई बैंकहरुको सहायक कम्पनी पनि मर्ज हुन लागेका हुन्।
मर्जरको लागि नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एकैदिन छुट्टाछुट्टैरुपमा विशेष साधारण सभाको आह्वान गरेको छन्।

नबिलले मंसिर १८ गते कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा विशेष सभा गर्न लागेको छ भने, नेपाल बंगलादेशले पनि नबिल बैंकको केन्द्रीय कार्यालयमा विशेष साधारण सभा गर्न लागेको छ ।




Comments are closed.