मिर्मिरे र नेरूडे लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरूडे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको छ ।

यी दुई लघुवित्तबीच पुस ११ सोमबार गते विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच अपरान्ह ४ बजे मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेरूडेको केन्द्रीय कार्यालय मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ मा रहेको छ भने मिर्मिरेको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिका वडा नं.८ मा रहेको छ ।पछिल्लो समय मर्जर तथा प्राप्ति प्रकृयाका विषयमा जारी भएको नयाँ व्यवस्था अनुसार यी कम्पनीहरूले आगामी ६ महिनाभित्र मर्जर प्रकृया सम्पन्न गरिसक्नु पर्नेछ ।

footwear zone

हाल नेरूडे लघुवित्तको चुक्तापूँजी ६० करोड रहेको छ छ भने मिर्मिरे लघुवित्तको चुक्तापूँजी ५३ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको छ ।

नेरुडेले ११२ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १२१ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

 

You might also like

Comments are closed.