मेरो माइक्रोफाइनान्स लघुवित्तको २३ हजारबढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं ।  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २३ हजार १४० कित्ता संस्थापक सेयर बुधबारबाट बिक्री खुला गरिएको छ ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम २०० रुपैयाँ र वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

संस्थापक सेयरधनी एनआईसी एसिया बैंकको नाममा रहेको मेरो माइक्रोफाइनान्सको २३ हजार १४० कित्ता संस्थापक सेयर खरिदको लागि आजदेखि बिक्री खुला गरिएको हो ।

footwear zone

उक्त सेयर खरिद गर्न चाहाने संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्ने सेयर कित्ता खुलाई काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ। संस्थापक सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले नै खरिद आवेदन दिन सक्नेछन्। यो सेयरमा ३५ दिनभित्र खरिद आवेदन पाइने व्यवस्था गरिएको छ।

 

You might also like

Comments are closed.