‘मेरोअटो मोटर र्याली’को तेस्रो संस्करण सम्पन्न

काठमाडौं । ‘मेरोअटो मोटर र्याली’को तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । मेरोअटो डटकमले काठमाडौंदेखि नुवाकोटसम्म मोटरर्याली गरेको हो । शुक्रबार नक्सालबाट सुरु भएको र्याली टोखा, शिवपुरी, छहरे, ऐतिहासिक नुवाकोट दरबार हुँदै बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन भएको हो ।

संस्थाको पाँचौं वार्षिकोत्सवको सन्दर्भमा र्याली आयोजना गरिएको हो । शुक्रबार साँझ बट्टारमा आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रमा मेरो अटोको योगदान महत्वपूर्ण रहेको बताए ।

हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यावसायिक नेटवर्किङ विस्तारको मुख्य लक्ष्यसहित र्याली आयोजना गरिएको मेरो अटोका सम्पादक सागर गजुरेलले बताए ।

footwear zone

‘विगत तीन वर्षदेखि मोटर ¥याली आयोजना हुँदै आइरहेको छ । तेस्रो संस्करणको मोटरर्याली अपेक्षा अनुसार सफल भएको छ,’ उनले भने ।

 

You might also like

Comments are closed.