एमजीको बहुप्रतिक्षित स्टाइलिस एसयूभी ‘एचएस’को बुकिङ खुल्ला, मूल्य सार्वजनिक

काठमाडौं । एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला भएको छ । एमजीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले बहुप्रतिक्षित स्टाइलिस एसयुभी एचएसको बुकिङ खुल्ला भएको जनाएको छ ।

अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षीत एसयूभी हुने कम्पनीले जनाएको छ । ‘विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्याग दिइएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफु अनुकुल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर एचएमा उपलब्ध छन् ।

footwear zone

१०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा छ । जसमा एप्पलका र प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको छ ।

एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १६२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा ७ स्पीड डिसिटी गियरबक्स उपलब्ध छ ।

यसलाई नेपाल ल्याएको अवसर पारेर केहि समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गर्न लागेको हो । कालो, सेतो र रातो गरी तीन कलर भेरियन्ट छन् । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो साता सम्ममा डेलिभरी दिइने कम्पनीले जनाएको छ । ‘यदि तपाई आफ्नो पुरानो गाडीलाई एक्सचेन्ज गर्ने मुडमा हुनु हुन्छ भने किन कुर्नु हुन्छ । आजै एमजी एचएस बुकिङ गर्नुहोस्,’ कम्पनीले आह्वान गरेको छ ।

You might also like

Comments are closed.