काठमाडौं । नेपाल राष्ट्र बैकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीले लघुवित्तको भविष्य उज्वल रहेको बताएका छन् । माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(एमफान) ले आईतवारदेखि आयोजना गरेको NFRS तालिमको उद्घाटन गर्ने क्रममा बोल्दै निर्देशक अधिकारीले गाउं गाउंमा वित्तिय पहुचं पुर्याउदै गरिवी न्युनिकरणमा लागी लघुवित्तहरुले भुमिका खेलेको भन्दै यस क्षेत्रको भविष्य उज्वल रहेको बताएका हुन् ।
लघुवित्तहरुले गाउंगाउंका महिलाहरुमा उधमशिलता विकास र शसक्तिकरण बढाएकोले यस क्षेत्रको दिगो विकासका लागि नेपाल राष्ट्र वैकले योजनाहरु वनाईरहेको बताएका छन् । दिगो रिसोर्स नभएका कारण लघुवित्तलाई समस्या रहेको स्विकार गर्दै नेपाल सरकार र नेपाल राष्ट्र वैक मिलेर दिगो कोषको व्यवस्थापन गर्न नेपाल राष्ट्र वैक लागिरहेको उनले बताएका छन् ।
उक्त कार्यक्रममा वोल्दै माईक्रोफाईनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले नेपाल राष्ट्र वैकको निर्देशन ईमान्दार भएर पालना गर्ने प्रतिबद्दता जनाएका छन् । राष्ट्र वैकको निर्देशन हामी ईमान्दार भएर पालना गर्नेछौ तर नेपाल सरकार र राष्ट्र वैकले गरिवी न्युनिकरणका लागी लघुवित्तलाई प्राथमिकतामा राख्नुपर्यो उनले भने । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले लघुवित्तका लागि पोलिसी र दिगो रिसोर्सको समस्या भएकोले नेपाल राष्ट्र वैकले यसमा ध्यान दिन आग्रह गरेका छन् ।

एमफानका अध्यक्ष जगत बहादुर पोख्रेलको सभापतित्वमा गरिएको उद्घाटन कार्यक्रममा आर्थिक पत्रकार समाजका अध्यक्ष जनार्दन बराल, एमफानका संचालक द्दय बावुराम बिश्वकर्मा र नरेश के सी ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा विभिन्न लघुवित्तका आन्तरिक लेखापरिक्षण विभाग प्रमुख र वित्त विभाग प्रमुखहरुका लागि २ दिनसम्म एफसिए महेश गोदार र एफसिए बिदुर लुईटेलले NFRS सम्वन्धी तालिम दिने आयोजक संस्था एमफानका कार्यकारी प्रमुख रविन पोखरेलले जानकारी दिएका छन् ।




Comments are closed.