‘राष्ट्र बैंकले लघुवित्तको समस्या पनि सुनिदिनुपर्यो’

काठमाडौं । देशभर स्थापना भएका लघुवित्तका लगानीकर्ताहरुको साझा संगठन माइक्रो फाइनान्स एसोसिएसन अफ नेपाल (एमफान)ले सञ्चालक शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । फागुन १५ र १६ गते लघुवित्तका अध्यक्ष तथा संचालकहरुका लागि संचालक शिक्षा अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

तालिममा सहभागी २० वटा लघुवित्तका ३६ जना संचालकरुका लागि नेपाल राष्ट्र बैंक लघुवित्त सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, पूर्व सचिव तथा लघुवित्तका विज्ञ डा. मान बहादुर वीके, नेपाल राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्मा, नेपाल राष्ट्र बैंकका निर्देशक डा. शालिकराम पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक बाशुदेव अधिकारीले प्रशिक्षण दिएका थिए ।

तालिम कार्यक्रममा प्रशिक्षण सहित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । लघुवित्तमा देखिएको तरलताको अभाव, नीति निययको समस्या, व्याजदरमा देखिएको समस्या लगायत विषयमा अध्यक्ष तथा संचालकहरुले राखेका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक अधिकारीले समस्या समाधानका लागि नेपाल राष्ट्र बैंक र सरकारको विषेश फोरममा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

footwear zone

अर्का कार्यकारी निर्देशक डा. क्षेष्ठले नेपालको बर्तमान आर्थिक अबस्थामा प्रशिक्षण सहित सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए । लघुवित्तका बिज्ञ डा. मान बहादुर वीकेले लघुवित्त क्षेत्रमा देखिएका समस्था तथा चुनौतीका विषयमा आफ्ना तर्कहरु राख्दै त्यसको समाधानका उपायहरुका विषयमा सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए ।

निर्देशक बुद्धराज शर्माले लघुवित्तका अध्यक्ष तथा संचालकहरुको भुमिका विषयमा, अर्का निर्देशक डा. शालिकराम पोखरेलले अन्य देशहरुमा लघुवित्त कसरी संचालित हुन्छन्् भन्ने विषयमा र पूर्व कार्यकारी निर्देशक बाशुदेव अधिकारीले कर्पोरेट गभर्नेन्सका विषयमा प्रशिक्षण सहित सहभागीहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।

कार्यक्रममा बोल्दै एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले सधैं लघुवित्तको व्याजदर महगों भयो भनेर मात्रै कुरा उठ्छ तर हामी गाउँ गाउँमा गएर जनतालाई सहजै तरिकाले दिएको सेवा सुविधाको कुरा उठेको छैन भन्दै यसमा नेपाल राष्ट्र बैंकको ध्यान जानुपर्ने धारणा राखे । ‘हामी राष्ट्र बैंकको निर्देशन इमान्दारीपूर्वक पालन गर्छौं, तर राष्ट्र बैंकले हाम्रो समस्या सुनिदिनुपर्यो,’ अध्यक्ष पोखरेलले भने ।

लघुवित्त क्षेत्रमा देखिएका वर्तमान समस्याहरुलाई नेपाल राष्ट्र बैंकलाई सुनाएर सम्बन्धित मन्त्रालयसम्म पुर्याउन एमफाननले पहल गर्ने उनले बताए । नेपाल सरकारका पूर्व सचिव तथा लघुवित्तमा पिएचडी गरेका लघुवित्तका विज्ञ डा. मान बहादुर वीकेले लघुवित्त सम्मेलन गर्न दिएको सुझावमा एमफानको नेतृत्वमा सम्मेलन गर्न एमफानका संचालकहरु सहित सहभागी लघुवित्तका संचालकहरुले प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमको संचालन एमफानका संचालक तथा जनउत्थान सामुदायिक लघुवत्तिका अध्यक्ष बाबुराम बिश्वकर्माले गरेका थिए । एमफानका संचालक तथा सूयोर्दय लघुवित्तका संचालक अनन्त कुमार श्रेष्ठ, एमफानका संचालक तथा आँधिखोला लघुवित्तका अध्यक्ष नरेश केसी, एमफान संचालक तथा वोमी लघुवित्त की संचालक विमला उपाध्याय, एमफान संचालक तथा सुपर लघुवित्तका अध्यक्ष किरण चौधरी सहित २० वटा लघुवित्तका ३६ जना संचालकहरुको सहभागिता थियो ।

You might also like

Comments are closed.