क्याबिनेट मिटिङ होस्ट गर्दा गौरव महसुस भएको छ

मिड टाउनले डिष्ट्रिक्ट क्याबिनेट मिटिङको होस्ट गर्ने अवसर प्राप्त हुँदा कस्तो महसुस गर्नुभएको छ ?

लायन्स क्लब अफ पोखरा मिड टाउन डिष्ट्रिक्ट ३२५ एम को उत्कृष्ट क्लब मध्यमा पर्न सफल छ । यो क्लब सन् २०१४/१५ मा स्थापना भएको हो । बर्तमान कार्यकालमा क्लबको नेतृत्व गर्ने अवसर मलाई मिलेको छ । यस अगाडि भर्जुअल रुपमा क्याबिनेट मिटिङ होस्ट भएपनि क्लबको इतिहासमा हामीले प्रत्यक्ष रुपमा पहिलो पटक डिष्ट्रिक्ट क्याबिनेट मिटिङ होस्ट गर्न सफल भएका छौं । कात्तिक २५ र २६ गते हुने क्याबिनेट मिटिङ सफल बनाउन योगदान पुर्याउने क्लबका साथीहरु एवं डिष्ट्रिक्टका लिडरहरुप्रति म आभारी छु । क्याबिनेट मिटिङको होस्ट गर्ने अवसर प्राप्त हुँदा गौरव महसुस भएको छ ।

क्याबिनेट मिटिङमा के–के गतिविधि हुँदैछन् ?

footwear zone

पर्यटकीय नगरी पोखरामा हुने क्याबिनेट मिटिङ हामीले ऐतिहासिक बनाउने तयारी गरेका छौं । पोखरा र हाम्रो क्लबलाई देशभर चिनाउन यो मिटिङले सकारात्मक योगदान पुर्याउने हामीले विश्वास लिएका छौं । डिष्ट्रिक्टको क्याबिनेट मिटिङसँगै क्लबका गतिविधि पनि सो अवसरमा समावेश गरिनेछ । आयोजक क्लबका तर्फबाट हामीले विभिन्न विधामा सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

तपाईंको कार्यकाल सुरु भएपछि के–के कार्यक्रम गर्नुभएको छ ?

क्लबले बर्तमान कार्यकालमा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल भएको छ । विद्यार्थीलाई पोशाक वितरण, ल्यापटप सहयोग, स्वास्थ्य बिमा, वृक्षरोपण, छात्रवृत्ती वितरण, मृगौला पीडिड बिरामीलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग लगायत दर्जन भन्दा बढी कार्यक्रम भएका छन् ।

आगामी योजनाहरु केके छन् ?

विशेष गरी क्यान्सर पीडित सहयोगार्थ कोष निर्माण गर्ने, मेगा हेल्थ क्याम्प गर्ने, लिभर फेल भएका बालकलाई सहयोग लगायत कार्यक्रम गर्ने तयारी गरेका छौं । अन्य विभिन्न कार्यक्रम पनि गर्ने योजनामा छौं । आगामी दिनमा पनि सामाजिक कार्यक्रमलाई हामीले निरन्तरता दिनेछौं ।

You might also like

Comments are closed.