काठमाडौं । नाडाका कोषाध्यक्ष मीलनबाबु मल्ल सम्मानित भएका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले मल्ललाई सम्मान गरेको हो ।
महासंघका सल्लाहकार मल्ल नाडामा कोषाध्यक्ष निर्वाचित भएकोमा महासंघले सम्मान गरेको हो ।
महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले मल्ललाई सम्मान गरेका हुन् ।

सम्मानप्रति मल्लले आभार व्यक्त गर्दै सामाजिक क्षेत्रमा सक्रिय हुन अझै बढी प्रेरणा मिलेको बताए ।




Comments are closed.