पोखरा । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दिर्घ जिवन, गुणस्त्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ भन्ने नाराका साथ २२औं विश्व दुग्ध दिवस मनाईएको छ ।
एसोसिएसनले पोखरा १५ मा रहेको गुरुकुल परोपकार आश्रममा वटुकहरुलाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्र बजगाँईले दूधको क्षेत्र र यसको महत्वको बारेमा प्रकाश पारेका थिए । साथै गुरुकुल परोपकार आश्रमका अध्यक्ष कमलप्रसाद गौतमले मानव स्वास्थ्यमा दूधको सकारात्मक भूमिका रहेको बताएका छन् ।

कार्यक्रम नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेश अध्यक्ष शिवहरि आर्चायको सभापतित्वमा भएको थियो ।




Comments are closed.