‘मिनिसो’को १५औं शोरुम पेप्सीकोलामा

भक्तपुर । विश्व प्रशिद्ध ब्राण्ड ‘मिनिसोे’को १५औं शोरुम पेप्सीकोलामा सञ्चालनमा आएको छ । युवा व्यवसायी दीक्षा श्रेष्ठ र आश्रय पराजुलीले मिनिसोको फ्रेन्चाइज शोरुम सञ्चालनमा ल्याएका हुन् । बिहीबार एक कार्यक्रमबीच मिस युनिभर्स नेपाल २०२२ सोफया भुजेलले शाखाको उद्घाटन गरेकी हुन् ।

मिनिसोका दैनिक उपभोग्य सामानहरु विश्वप्रशिद्ध छन् । नेपालमा समेत मिनिसो ब्राण्ड लोकप्रिय बनिरहेको कम्पनीले जनाएको छ ।

कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान शोरुममा उपलब्ध रहेको सञ्चालक दीक्षा श्रेष्ठले जानकारी दिइन् । ‘उच्च स्तरीय ब्राण्डलाई सुपथ मूल्यमा ग्राहकलाई उपलब्ध गराउनेछौं,’ उनले भनिन् ।

footwear zone

मिनिसो ब्राण्डप्रति नेपालमा युवाहरुको निकै आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

शाखा उद्घाटनको अवसरमा विशेष छुटमा मिनिसोका ब्राण्डका सामानहरु शोरुममा उपलब्ध रहेको अर्का सञ्चालक आश्रय पराजुलीले जानकारी दिए ।

You might also like

Comments are closed.