‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अन्तर्गत अलकाले जितिन् हिराको हार

काठमाडौं । हरेक वर्षजस्तै यस वर्षपनि मिनिसोले ल्याएको दशैं तिहार विशेष अफर ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अन्तर्गत लक्कि बिजेता घोषणा गरिएको छ । मिनिसोको राइजिङ मलमा सपिङ गरेकी कुपन नं ७४६ कि अलका भण्डारीले हिराको हार प्राप्त गरेकी छन् । उर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ ।

अफर नेपाल भर रहेका मिनिसोका सोरुममा सेप्टेम्बर २८ देखी नोभेम्बर १० सम्म संचालन गरिएको थियो । नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यमानी बिजेता घोषणा गरिएकोे जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिए । लक्की बिजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।

यससँगै अन्य १ सय १० जना लक्की बिजेताको पनि घोषणा गरिएको छ । दोस्रो र तेस्रो पुरस्कार क्रमस कुपन नं ९२४० र ७०४२ ले प्राप्त गरेका छन् । उपत्यका बाहिरका बिजेताले सम्वन्धित सोरुमबाट पुरस्कार लिनसक्ने बताइएको छ ।

footwear zone

‘अफरले मिनिसोप्रति ग्राहकको आकर्षण अझै बढेको हामीले विश्वास लिएका छौं,’ उनले भने । ‘ मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउट फिट्र्स, ब्याग्गिट लगायत अन्य ब्राण्डहरु छन् ।

कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान मिनिसो शोरुममा उपलब्ध छन् । उच्च स्तरीय जापानीज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसोप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको तण्डुकारले बताए । मिनिसोको शोरुमहरु काठमाडौं, चितवन, पोखरा, बिराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।

You might also like

Comments are closed.