काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ अन्तर्गत आश्मा केसी मिस इको इन्फिनिटी बनेकी छिन् । बिहीबार सम्पन्न ग्रान्ड फिनालेमा केसीले सो उपाधि सगैं नियुको इलेक्ट्रिक स्कुटर प्राप्त गरेकी हुन् ।
नेपालमा नियु इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले पुरस्कारको प्रायोजन गरेको हो । विजेता आश्मा केसीलाई इको इन्फिनिटी प्रालिका डाइरेक्टर प्रगुन राजभण्डारीले स्कुटरको साँचो र अन्य पुरस्कार हस्तान्तरण गरे । मिस इको इन्फिनिटीले युक्युआईएम मोडलको १ लाख ४५ हजार रुपैयाँ पर्ने स्कुटर पाएकी हुन् ।
त्यसैगरी इको इन्फिनिटीले अन्य दुई स्कुटर समेत दिनेछ । मिस युनिभर्स नेपालले एनक्युआई स्पोर्ट इलेक्ट्रिक स्कुटर पाउने छिन् । यसको मूल्य ३ लाख ४८ हजार रुपैयाँ छ । त्यसैगरी आयोजक संस्थाले एमक्युआई प्लस स्पोर्ट स्कुटर प्राप्त गर्नेछ । यसको मूल्य २ लाख ५५ हजार रुपैयाँ छ ।

बिहीबार सम्पन्न ग्रान्ड फिनालेमा मिस युनिभर्स नेपाल २०२२ को उपाधि सोफिया भुजेलले जितेकी छिन् । सोफिया मिस युनिर्भस नेपालको तेस्रो संस्करणको विजेता बनेकी हुन् ।
सोफियालाई गत वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेतले ताज पहिर्याइन् । सोफियाले सोसल इम्प्याक्टर लिडर अवार्ड समेत जितिन् ।
उमङ्ग क्रिएसनले आयोजना गरेको मिस युनिभर्स नेपालको उपाधि विजेता सोफियाले १० लाख रुपैयाँ नगदसहित इलेक्ट्रिक स्कुटर पुरस्कार पाएकी छिन् । यसका साथै अब उनले ७१औँ मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
प्रतियोगितामा फस्ट रनर्सअपको उपाधि विपना अधिकारीले जितिन् भने सेकेन्ड रनर्सअपको उपाधि आश्मा केसी, थर्ड रनर्सअपको उपाधि सेफिना जोशी तथा फोर्थ रनर्सअपको उपाधि मोनालिसा पराजुलीले जित्न सफल भए ।




Comments are closed.