जावलाखेलमा खुल्यो मिसियोको तेस्रो शोरुम

ललितपुर । मिसियोको तेस्रो शोरुम ललितपुरको जावलाखेलमा सञ्चालनमा आएको छ । उग्रचण्डी मन्दिरको आडैमा सञ्चालनमा आएको शोरुमको मंगलबार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, इजरायल र साइप्रसका पूर्व राजदूत डा. अञ्जन शाक्य र उग्रचण्डी माई संरक्षण समिति (ताम्राकार समाज) का अध्यक्ष बिनोद ताम्राकारले शोरुमको उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय प्रतिष्ठित ब्राण्ड मिसियोको शोरुम जावलाखेलमा सञ्चालनमा आएसँगै राम्रो ब्राण्ड मन पराउने ग्राहकहरु लाभान्वित हुने सञ्चालक रज्जु रञ्जितकारले विश्वास व्यक्त गरिन् । ब्राण्डेड कपडासहित ब्याग, चस्मा, सृङगार सामग्री, जुत्ता, चप्पल लगायतका सामान शोरुममा बिक्रीका लागि राखिएका छन् ।

यसअघि मिसियोको शोरुम काठमाडौंको नयाँ बानेश्वर र सिभिल मलमा सञ्चालनमा छन् । नयाँ शोरुम उद्घाटनको अवसरमा मिसियो ब्राण्डका कपडा खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

footwear zone

ग्राहकको सुविधालाई मध्यनजर गर्दै मिसियोले समय–समयमा विभिन्न अफरहरु ल्याउँदै आइरहेको छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION)को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ ।

शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । ‘छोटो समयमा मिसियो ब्राण्ड नेपाली बजारमा लोकप्रिय भएको छ,’ रञ्जितकारले भनिन्, ‘हामी हाम्रा ग्राहकको सेवामा समर्पित छौं । राम्रो ब्राण्ड खरिद गर्दा ग्राहक खुसी हुने गरेको पाएका छौं ।’

सबै उमेर समूहका लागि आवश्यक पर्ने कपडाहरु शोरुममा उपलब्ध छन् । फेसनेवल कपडा मन पराउनेहरुको विशेष आकर्षण शोरुममा हुने गरेको रञ्जितकारले जानकारी दिइन् ।

You might also like

Comments are closed.