काठमाडौं । प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियोलाई देशभरको बजारमा उपलब्ध गराउन फ्रेन्चाइज विस्तार गरिने भएको छ । नेपालको एकमात्र आधिकारिक मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल प्रा.लि.ले देशभरका मुख्य शहरहरुमा फ्रेन्चाइज पार्टनर माग गरेको हो ।
काठमाडौंको सिभिल मल र नयाँ बानेश्वरमा मिसियोको आफ्नै शोरुम स्थापना गरेको कम्पनीले राजधानी बाहिरका शहरमा फ्रेन्चाइज पार्टर आह्वान गरेको प्रवन्ध निर्देशक रज्जु तण्डुकारले आर्थिक आवाजलाई जानकारी दिइन् ।
‘अन्तर्राष्ट्रिय उत्कृष्ट ब्राण्डको कपडा मिसियोलाई देशभरको बजारमा पुर्याउने उद्देश्यले फ्रेन्चाइज माग गरेका हौं,’ उनले भनिन् । फ्रेन्चाइज पार्टनरलाई कम्पनीले ब्राण्ड प्रवद्र्धन, फाइनान्स सुविधा लगायतमा सहयोग गर्ने उनले जानकारी दिइन् । ‘शोरुमको डिजाइन तथा उद्घाटनमा पनि कम्पनीले सहयोग गर्नेछ,’ उनले भनिन्, ‘ब्राण्डेड कपडा बिक्री गर्न चाहनेहरुका लागि यो राम्रो अवसर हो ।’

यसैगरी कम्पनीले ‘वयर नाउ पे लेटर’ अफर ल्याएको छ । नबिल, स्टाण्डर्ड चार्टर, नेपाल इन्भेष्टमेन्ट, एनएमबि, एनआइसी एसिया र हिमालय बैंकसँग सम्झौता गरि अफर ल्याइएको उनले जानकारी दिइन् । अफर अन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् । यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

अहिले कपडा लगाएर पछिसम्म तिर्न सक्ने गरी मिसियोले ल्याएको यो अफर ग्राहकका लागि हितकर रहेको कम्पनीले जनाएको छ । नयाँबानेश्वर र सुन्धारास्थित सिभिल मल दुवै शोरुममा मिसियो खरिद गर्ने ग्राहकले यो सुविधा प्राप्त गर्नेछन् । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह इस्योन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ ।





Comments are closed.