काठमाडौं । मिसियो नेपालले ‘चेक इन एण्ड विन’ अफर ल्याएको छ । अन्तर्राष्ट्रिय ब्राण्डकोे कपडा मिसियोको शोरुममा पुगेर कुनै पनि ग्राहकले फेसबुक वा इन्स्टाग्राममा फोटो पोस्ट गरेर चेक इन गर्न सक्छन् । चेकइन गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन लक्की ड्रका आधारमा कम्पनीले बिजेता घोषणा गर्दै आइरहेको छ ।
चेकइनमा बिजेता भएका ग्राहकले हरेक दिन आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । हालसम्म १२ जना बिजेता घोषित भइसकेका छन् । यो अफर जारी रहेकाले मिसियोको शोरुम सिभिल मल र नयाँबानेश्वर मध्ये जुनसुकै शोरुममा गएर चेकइन गर्न सकिने कम्पनीले जनाएको छ ।
चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (थ्क्ष्क्ज्क्ष्इल्) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भएकाले धेरैको रोजाईमा परेको कम्पनीले जनाएको छ ।






Comments are closed.