मिसियोले ल्यायो ‘होली अफर’ ५१ प्रतिशत छुट

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा मिसियोले ‘होली अफर’ ल्याएको छ । यो अफर अन्तर्गत मिसियोको कपडा खरिदमा ५१ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफर लागु हुनेछ । अफरले मिसियोका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । ५ हजार रुपैयाँ भन्दा बढीको कपडा खरिदमा छुट प्राप्त गर्न सकिनेछ भने होली टिर्सट समेत निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ । अफर सीमित अवधिका मात्रै लागु हुने जनाइएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै मिसियोले समय समयमा अफरहरु ल्याउँदै आइरहेको छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ ।

footwear zone

शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । मिसियोले देशभर मिसियोको फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी गरिरहेको छ ।

You might also like

Comments are closed.