मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने

 

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनी दुर्गा बस्नेतको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो ।

बैंकले २३ हजार कित्ता सेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

footwear zone

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा प्रचलित नियमअनुसार उक्त सेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले बताएको छ।

You might also like

Comments are closed.