काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याव एण्ड डायग्योस्टिक सेन्टर प्रा.लि.मा छुट हुने भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टर प्रालिबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यसबाट ग्राहकहरु लाभान्वित हुने बैकले विश्वास लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
हाल यसबैकले कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।




Comments are closed.