पोखरा । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखराको सेवाका विशेष छुट प्रदान हुने भएको छ ।
बैंकका डेविट र क्रेडिट कार्ड होल्डर ग्राहकले केबलकारको सेवामा १० प्रतिशत छुट पाउने गरी दुई पक्षबीच सम्झौता भएको छ ।
केबलकार प्रालिका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र बैंकका प्रवन्धक शंकर केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताले बैंकका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
पोखराको सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको पौडेलले बताए ।
केबलकारको टप स्टेसन सराङकोटमा जिप फ्लायर, स्विइङ, स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतको सुविधा उपलब्ध छ । फेवाताल, पोखरा तथा आसपासको क्षेत्र क्षेत्र तथा हिमालय क्षेत्रको दृश्यावलोकन गर्दै केबलकारमा यात्रा गर्न सकिन्छ ।




Comments are closed.