मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं ।  मुक्तिनाथ विकास बैंक लिमिटेड  र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड  (SCT) बीच Smart QR  मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ ।

एक कार्यक्रमबीच बैंकका तर्फबाट, सहायक नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौताको मुख्य उद्देश्य भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने हो । तसर्थ यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बैंक बीच  Smart QR प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

footwear zone

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network  मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine   बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ , खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.