काठमाडौं । मुक्तिनाथ विकास बैक लिमिटेडले लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई आर्थीक सहयोग गरेको छ ।
मुुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व योजना अन्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग आएको छ । सोही योजना अनुसार बैंकले पोखरा नगरपालिका-३०, खुदी, ढुङ्गेपाटन स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई आवश्यक पर्ने ५,००० लिटरको एक थान पोलिथिक टङकीका खरिद गर्नका लागि ५५ हजार ६९ रुपैयाँ बराबरको आर्थिक सहयोग एक कार्यक्रमबीच उक्त संस्थाका पदाधिकारीहरुको रोहवरमा हस्तानतरण गरेको हो ।
कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख शँकर के.सी, बुढीबजारका शाखा प्रमुख रामचन्द्र रानाभाट र अन्य कर्मचारीहरुको उपस्थिति तथा श्री लेखनाथ खानेपानी उपभोक्त संस्थाका तर्फबाट अध्यक्ष मुरारी शर्मा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट संस्थाले नजिका नागरिकहरुलाई शुद्ध पिउने पानीका लागि सहयोग पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम् कार्ड (ATM CARD) प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वक(VISA NETWORK ) मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन (ATM Machine) बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा,मिस्डकल बैकिंङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।




Comments are closed.