मुक्तिनाथ बैंकद्वारा विश्व हिन्दु महासंघलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विश्व हिन्दु महासंघ संस्थालाई सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै बैंकले विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाले प्रकाशन गर्ने “वैदिक सभ्यता” नामक गहन पुस्तक को प्रकाशनका लागि एक कार्यक्रमकाबीच आर्थिक सहयोग रकम रु.५० हजारको चेक हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अन्य आधिकारिक सदस्यहरु, वालिङ नगरपालिकाका नगर उप-प्रमुख कविता तिवारी र विश्व हिन्दु महासंघ जिल्ला शाखा, स्याङजाका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिहरु र अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

footwear zone

यस सहयोगबाट संस्थाले धर्म तथा संस्कृति संरक्षणका लागि गर्ने कार्यमा सहयोग पुग्ने बैंकको धारणा रहेको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ] ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैकिङ, कर्जा सेवाको लागि आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.