मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।
सार्वजनिक ब्याजदरअनुसार बैंकले मुद्दती खाताअन्तर्गत न्यूनतम ११ प्रतिशत देखि १४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । त्यस्तै बचत खाताअन्तर्गत न्यूनतम ८ प्रतिशत देखि अधिकतम १० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, बैंकले मुद्दती खाताअन्तर्गत भने न्यूनतम ११ प्रतिशत देखि १४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । पछिल्लो समय बैंकहरुले नयाँ-नयाँ मुद्दती योजनाहरु ल्याउने क्रममा मुक्तिनाथ विकास बैंकले पनि सुविधायुक्त विभिन्न मुद्दती योजनाहरु ल्याएका छन् ।

त्यस्तै,बैंकले तोलन अन्तर्गत ७ प्रतिशतसम्म व्याजदर निर्धारण गरेको छ ।त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ , खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।





Comments are closed.