‘वाइट अरर्किड रिर्सोट’ र ‘सुर्यविनायक मेडिकल स्टोर’ मा मुक्तिनाथ बैंंकका ग्राहकलाई छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” सँग विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” मा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट र “सुर्यविनायक मेडिकल स्टोर” विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

footwear zone

त्यसैगरी, प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ, कर्जा सेवा आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.