मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लिफान नेपालको इभी स्कुटर खरिदमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले लिफान नेपालको विद्युतीय स्कुटरको खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

लिफान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता पिनाकल मोटोराड प्रा.लि र बैंकबीच छुट सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकका कर्मचारी र ग्राहकले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका इभी स्कुटरको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्नेछन् ।

footwear zone

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरका भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्थासमेत गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.