मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा, मासिक व्याज सहित थुप्प्रै सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने १० लाखको दुर्घटना मुत्यु तथा असक्तता बिमा सुविधा भएको मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकले मात्र १० हजारको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं दशमलव ५० प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । पहिलो वर्षको लागि निःशुल्क भिजा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था छ ।

footwear zone

मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.