काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो खाना निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी योजना रहेको बैंकले जनाएको छ ।
बैंकको मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटिएको छ । खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम , न्यूनत्तम १ वर्षदेखि १० वर्ष अवधीसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने ब्।राबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकलाई उच्चतम लाभ हुने ब्यहोरा बैंकले जनाएको छ ।

यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दानीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।




Comments are closed.