काठमाडौं । भन्सार छली ल्याइएका अवस्थामा विभिन्न कम्पनीका २३ थान मोबाइल प्रहरीले आज नागढुङ्गाबाट बरामद गरेको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारेको हो ।

बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।




Comments are closed.