व्यावसायिक हकहितको क्षेत्रमा काम गर्न सफल भयौंः खड्का

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनले अटो व्यवसायीहरुको हकहितको क्षेत्रमा काम गर्दै आइरहेको छ । तत्कालीन समयमा पोखरामा क्रियाशील गण्डकी अटोमोबाइल डिलर्स एसोसिएसन र पोखरा अटोमोबाइल डिलर्स एकीकरण भइ २०६२ मा संस्था स्थापना भएको हो । संस्थाको अध्यक्ष युवा व्यवसायी मोहनबाबु खड्का हुनुहुन्छ । उहाँले आफ्नो कार्यकाल पुरा गरी कात्तिक २६ गतेबाट नेतृत्व हस्तान्तरण गर्दै हुनुहुन्छ । यसै सन्दर्भमा अध्यक्ष खड्कासँग अटोमोबाइल व्यवसाय तथा समसामयिक विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

वाडाले के–कस्ता गतिविधि गर्दै आइरहेको छ ?

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) २०६२ मा स्थापना भएको संस्था हो । राजेन्द्रकुमार बाटाजूको संयोजकत्वमा तदर्थ समिति गठन गरी एसोसिएसनको स्थापना गरिएको हो । तत्कालीन अवस्थादेखि हालसम्म विभिन्न उतारचढावका बीच पनि संस्थाले व्यावसायिक हकहितका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ । ट्राफिक व्यवस्थापन तथा यातायात क्षेत्रमा भएका समस्या तथा चुनौतिहरुको समाधान गर्दै संस्था अगाडि बढिरहेको छ । कोभिडको समयमा म संस्थाको अध्यक्ष बनेँ । व्यवसायी तथा मजदुरलाई सकेसम्म चाँडै कोभिड खोप उपलब्ध गराउने काममा हामी सक्रिय बन्यौं । जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग सहकार्य गरी कोभिड तथा ट्राफिक सचेतना कार्यक्रम गर्न सफल भयौं । प्रदेश ट्राफिक कार्यालयमा कोभिड आइसुलेसन वार्ड बनाउन टेन्ट उपलब्ध गरायौं । पोखरा प्रवेशद्वार कोत्रेमा प्रहरी चेकपोष्टलाई सहयोग, प्रदेश प्रहरी कार्यालय गण्डकीलाई स्वास्थ्य सामग्री सहयोग लगायत गतिविधि ग¥यौं । व्यावसायिक हकहितका क्षेत्रमा हामी निरन्तर सक्रिय छौं । व्यवसायीहरुलाई कर, भन्सार तथा भिसिटिएसका बारेमा तालिम प्रदान गर्न सफल भयौं ।

footwear zone

अटोमोबाइल व्यवसायीहरुले भोग्नुपरेका समस्याहरु के–के छन् ?

हामीले व्यवसायमा देखिएका समस्याहरु समाधानमा विशेष पहल गरेका छौं । भन्सारमा जाँचपास गरेर आइसकेपछि १५ दिनभित्र यातायात व्यवस्था कार्यालयमा दर्ता नभएको अवस्थामा ७ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने बाध्यता छ । १५ दिनभित्र कहिलेकाँही डकुमेन्टहरु पुरा गर्दा पनि यातायात व्यवस्था कार्यालयको भिडभाड लगायतका अन्य कारणले दर्ता गर्न समस्या छ । बिलबिजक जारी गरिसकेपछि ३५ दिनभित्र नामसारी नभएको खण्डमा पनि अत्यधिक जरिवाना लागूू गरिएकाले त्यसमा न्यून जरिवाना र समयसीमा बढाउन माग गरिरहेका छौं । पछिल्लो समय एलसीमा कडाई तथा गाडीहरु निर्यातमा रोक लगाइएको छ । राज्यको नीतिका कारणले अटोमोबाइल व्यवसायी मारमा परेका छन् । यसैक्रममा नयाँ नेतृत्व आइसकेपछि व्यवसायीहरुका समस्याहरु बुझ्ने काम मैले गरिरहेको छु ।

तपाईंको कार्यकालमा भएको स्मरणीय काम के के हुन् ?

संस्था स्थापना भएको लामो समयसम्म हामीले सचिवालयलाई व्यवस्थित गर्न सकेका थिएनौं । कार्यकाल सुरु भएको छोटो समयमा नै हामीले सचिवालयलाई व्यवस्थित र आधुनिक बनायौं । सचिवालयको उद्घाटन नाडाका तत्कालीन अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा हामीले गर्न सफल भयौं । हामीले कार्यसमितिको एउटा बैठक तथा अध्ययन अवलोकन भ्रमण रारा तालमा गर्न सफल भयौं । सम्पूर्ण कार्यसमितिका साथीहरुको साथ र सहयोगबाट कार्यकालमा धेरै स्मरणीय कार्यहरु भएका छन् ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

म अध्यक्ष भएको वाडाको कार्यकाल अब छिट्टै सकिदैछ । कार्यकाल सफल बनाउन साथ र सहयोग गर्ने सम्पूर्णप्रति म आभार व्यक्त गर्दछु । अब हामीले कात्तिक २६ गते शनिबार संस्थाको नवौं अधिवेशन गरी नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्ने योजनामा छौं ।

नाडाको नवौं अधिवेशन तथा १७औं वार्षिक साधारणसभामा समेत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विभिन्न कार्यक्रम गर्दैछौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई ६५ हजार रुपैयाँको डेल ब्राण्डको १ थान कम्प्युटर हस्तारण गर्ने कार्यक्रम छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीलाई फ्लोरेन्ट ज्याकेट सय थान हस्तान्तरण गर्दैछौं । त्यस्तै एलइडी ट्राफिक बटन ३० थान सहयोग गर्दैछौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की अन्तर्गत २ जना उत्कृष्ट ट्राफिक प्रहरी र प्रदेश ट्राफिक कार्यालय गण्डकी अन्तर्गत २ ट्राफिकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । उत्कृष्ट व्यवसायी लगायत अन्य विशेष सम्मानहरु गर्ने कार्यक्रम राखेका छौं ।

You might also like

Comments are closed.