उद्यमी मोतीलालको ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ सार्वजनिक

काठमाडौं । उद्यमी तथा व्यवसायी मोतीलाल दुगडको आत्मसंस्मरण सार्वजनिक भएको छ । दुगडद्वारा लिखित ‘कृषि उद्यमदेखि जलविद्युत’सम्म पुस्तकको आइतबार एक कार्यक्रमबीच विमोचन गरिएको छ । माइती नेपालका अध्यक्ष अनुराधा कोइराला र नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले पुस्तक विमोचन गरेका हुन् ।

लेखक दुगड एमभी दुगड समूहका कार्यकारी अध्यक्ष हुन् । दुगड परिवारको १२८ वर्षदेखिको व्यावसायिक यात्रालाई समृद्ध र सवल बनाउदै उनी व्यावसायिक क्षेत्रमा अगाडि बढिरहेका छन् । एमभी दुगड ग्रुप अन्तर्गत अहिले दर्जनौं उद्योग, फर्म तथा कम्पनी छन् ।

कार्यक्रममा बोल्दै लेखक दुगडले आफ्नो व्यावसायिक अनुभवसहित पुस्तक बजारमा ल्याएको बताए । पुस्तकमा दुगड परिवारको इतिहास, आफ्नो व्यापारिक यात्रा, महत्वपूर्ण व्यावसायिक प्रणाली, देशको आयात निर्यातको व्यवस्था तथा सो सम्वन्धी राजपत्र, सूचना तथा जानकारी, फोटोहरु समावेश गरिएको छ । ‘यो पुस्तक कोरोनाकालको उपलब्धी हो,’ उनले भने ।

footwear zone

कार्यक्रमका बोल्दै प्रमुख अतिथि माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले दुगडद्वारा लेखिएको पुस्तक धेरैका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा डा. सन्दुक रुइत, डा. भोला रिजाल, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर विजयनाथ भट्टराई, पुस्तकका सम्पादक प्रमोद प्रधान, सेजनका अध्यक्ष जर्नादन बराल, कृष्णलाल दुगड, ज्ञानेन्द्र कोइराला, विवेक दुगड लगायतले बोलेका थिए ।

 

You might also like

Comments are closed.