हराएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौ. उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यका विभिन्न स्थानमा विभिन्न समयमा हराएका मोटरसाइकल खोजेर ल्याई शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिम्मा लगाएको हो ।

महाशाखाले पदम लामा, प्रदीप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, वुद्धिजङ्ग गुरूङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरूङ, कृष्णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पीङ्की सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, विकास मगर र प्रवेश राईको हराएको मोटरसाइकल जिम्मा लगाएको हो ।

footwear zone

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जथाभावी रुपमा मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेको बताए । उपत्यकाबाट हराएका मोटरसाइकल बाहिरी जिल्लामा धेरै प्रयोग हुने गरेको उनको भनाइ छ । पार्किङ क्षेत्रमा मोटरसाइकल राख्दा होसियारी अपनाउन चालकलाई उनले आग्रह गरे । उपत्यकामा मोटरसाइकल चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन सेवा १०३ मा टिपाउन महाशाखाले चालकलाई अनुरोध गरेको छ ।

महाशाखाले पुस महिनामा मात्रै ३९ मोटरसाइकल अनुसन्धानका लागि ल्याएको छ भने चोरीमा सङ्लग्न नौ व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ ।

You might also like

Comments are closed.