मोटरहेडको आधिकारिक मर्मत केन्द्र कपनस्थित विमा समिति चोकमा

काठमाडौं । मोटरहेड ब्राण्डको आधिकारिक वितरक एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रा.लि. ले आफ्नो सर्भिस बिस्तार गरेको छ । यसैक्रममा बुढानिलकण्ठ नगरपालिका कपनस्थित विमा समिति चोकमा आफ्नो आधिकारिक मर्मत केन्द्र विस्तार गरेको छ ।

बिहीबार एक कार्यक्रमबीच वडा अध्यक्ष शुद्ध डंगोलले मर्मत केन्द्रको उद्घाटन गरेका छन् । झण्डै २ दशक यसै क्षेत्रमा आवद्ध दीपक मोटरसाइकल वर्कशपका प्रोप्राइटर दीपक चौधरीलाई कम्पनीले सो मर्मत केन्द्रको आधिकारिकता प्रदान गरेको छ  । आफू यस क्षेत्रमा लागेको लामो समय भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको र काठमाण्डौंमा बढी सम्भावना देखिएको विल्कुलै फरक सेग्मेन्टको मोटरहेड ब्राण्डका वाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसंग आफू आवद्ध भएको चौधरीले बताए ।

हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको बताए ।

footwear zone

यसैगरी कम्पनीले पुस १५ गते आधिकारिक मर्मत केन्द्रको उद्घाटन गरी २ दिनसम्म एक्स्चेन्ज क्याम्प पनि सञ्चालन गरेको छ । शुक्रबारसम्म चल्ने एक्स्चेन्ज क्याम्पमा नगदमा बाइक खरिद गर्ने ग्राहकलाई १० हजार रुपैयाँ छुट र फाइनान्समा खरिद गर्दा ७ हजार रुपैयाँ छुट प्रदान गरिने बताइएको छ ।

एक्स्चेन्जमा बजार मूल्य भन्दा अतिरिक्ता १५ हजार रुपैयाँ थप मूल्यांकलन गरिनेछ । साथै पार्ट्स र सर्भिसमा विशेष छुटको सुविधा र जुनसुकै ब्राण्डका वाइक ल्याउँदा फ्रि–वासको व्यवस्था समेत गरिएको छ । कम्पनीले यस कार्यक्रममा सहभागी हुने ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.