बुधबारदेखि मोटरहेडको भ्याली एक्सचेन्ज क्याम्प हुने

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले यही माघ १९ गतेदेखि लागु हुनेगरि Exchange  सन्चालन गर्ने भएको छ । क्याम्प ५ दिनसम्म चल्ने छ । उपत्यका भित्रका सबै शोरुमहरुमा लागु हुने गरी उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यस पटक पुरानो वाइकको बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ दिइने बताइएको छ ।  यस अघि कम्पनीले थप मुल्यांकनमा १५ हजार दिने गरेको थियो । यसका साथै उक्त पाँच दिने कार्यक्रम Exchange नगरी नगदमै मोटरहेडका वाइक खरीद गर्दा १० हजार रुपैयाँ  छुट र फाइनान्स खरीदमा ८ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको  छ ।

उपत्यका भित्र कम्पनीको ५ ठाउँमा शोरुम छन् । धोविघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पाइक पर्ने गरी ग्राहकले यो अफरको फाइदा लिन सक्नेछ्न । बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल  छन् । जसमा अफ रोड राइडका लागि Sports-250, X-Torque 250, MH-200X र रोड अफरोड दुवैलाई हुनेगरि Tekken 250, Tekken 250 R (New Edition) , MH 150R, Scrambler रहेका छन् । मोटरहेडका वाइकहरुको मूल्य ३ लाख ५ हजार देखि लिएर रु.४ लाख ५५ हजार सम्म रहेको छ ।

footwear zone

बिक्रीलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसूस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसंग सहकार्य गरी अघि बढेको कम्पनीले जनाएको छ । यसका साथै बिक्रि पछिको सेवालाई सवल र सहज बनाउन आवस्यक तालिम दिलाई विभिन्न ठाउँमा आधिकारिक मर्मत केन्द«हरुको स्थापनाको काम भईरहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.