मोटरहेड मोटरसाइकलमा १२ हजार छुट, भाग्यशाली बिजेतालाई १ लाखसम्म नगद उपहार

काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले दशै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ । भदौ २४ देखि प्रारम्भ हुने उक्त अफर आगामी कात्तिक २४ सम्म चल्ने छ ।

उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइने छ । सो अवधिमा मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद प्रदान गरिने कम्पनीको भनाइ छ ।

कम्पनीको यो अफर नेपालभरका सोरुममार्फत प्राप्त गर्न सकिने छ । यस्ता खाले ग्राहकमुखी अफर कम्पनीले पहिलेदेखि नै ल्याइरहेको भएपनि यसपाली भने अलि फरक र फराकिलो अफर ल्याएको देखिन्छ । ग्राहकलाई मोटरसाइकल चढ्न मात्र होइन, चढेपछि खुसी अनुभूति गर्न र गराउन सदैव लाग्ने हो भन्ने सन्देश पनि कम्पनीले दिएको छ ।

footwear zone

कम्पनीले हालै धादिङ र मन्थलीमा पनि डिलरसिप विस्तार गरेको र कावासोतीमा पनि बिक्री विस्तार गरिसकेको छ । यही भदौ महिनाको अन्तिम सातादेखि विर्तामोडमा समेत बिक्री विस्तार हुने र दशैं अगावै राजमार्गका अति व्यस्ता दुई तीन स्थानमा समेत आधिकारिक सर्भिस सेन्टर बिस्तार गर्ने योजना भएको कम्पनीको भनाइ छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै कम्पनीले मोटरहेड ब्राण्डको मोटरसाइकल नेपाली बजारमा बिक्री गरिरहेको छ ।

You might also like

Comments are closed.