मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयको भौतिक पुर्वाधारकालागि आर्थिका सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि. बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पुर्वाधार निमार्ण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रम बीच सो रकम बराबरको चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट , बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीहरुको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन

footwear zone

सुकै बैंकको ATM Machine  बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.