मुक्तिनाथले ल्यायो न्यूनतम अवधिमा प्रतिफल दोब्बर र तेब्बर योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुद्दतीमा सुनौलो अवसर, न्यूनतम अवधिमा प्रतिफल तेब्बर’ योजना ल्याएको छ । बैंकले आफ्नो मुक्तिनाथ गज्जवको मुद्दती योजनाअन्तर्गत यो योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।

त्यस्तै, व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ५ दिनमा प्रतिफल दोब्बर हुनेछ ।

footwear zone

यसका लागि न्यूनतम ५ हजार मौजदात राखेर मुक्तिनाथ मुद्दती खाता खोल्न सकिने छ । उक्त योजना यही साउन महिनासम्म मात्रै उपलब्ध हुने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.