मुक्तिनाथ विकास बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि. ले पोखरामा आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांस मध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस हुनेछ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारेका थिए ।

footwear zone

You might also like

Comments are closed.