मुक्तिनाथ फाउन्डेसनको दोस्रो वाषिकोत्स, रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । मुक्तिनाथ फाउण्डेशनले दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्यो ।

रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेको कम्पनी सचिव संगीता ढकाल आचार्यले जानकारी दिइन् ।

कार्यक्रमलाई त्रि.वि शिक्षण अस्पतालबाट प्राविधिक सहयोग प्राप्त भएको थियो । संस्थाका संचालक नारायण कुमार श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज ढकालले रक्तदाता तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

footwear zone

फाउन्डेसन २०७८ असोज १ गते दर्ता भएको थियो ।

संस्थाले यस अगाडि पनि विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ ।

You might also like

Comments are closed.