काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको समन्वयमा ‘एक स्थानीय संरचना, एक कृषि परियोजना’ कार्यक्रमको बृहत छलफल पोखरामा सम्पन्न भएको छ ।
प्रत्येक स्थानीय तहको हावापानी, भूगोल, कृषी सम्भावना र क्षमता अनुरुपको छुट्टाछुट्टै परियोजना निर्माण गर्ने र कृषि मूल्य शृंखलाका सबै स्टेकहोल्डर एकै स्थानमा जोड्ने हेतुले मुक्तिनाथ कृषि कम्पनीको समन्वयमा ‘एक स्थानीय संरचना, एक कृषि परियोजना’ कार्यक्रमको बृहत छलफल कास्कीको पोखरामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल रहेका थिए ।

स्थानीय तह, निजि कम्पनी, सहकारी र किसानहरुलाई संगै समेटेर बृहत परियोजना निर्माण गर्ने योजना अनुरुप कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए ।
सबै स्थानीय तहको सहकार्यमा देशैभर विस्तार गर्ने योजना रहेको छ र कास्की जिल्ला भरका स्थानीयतहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत हरुकाबीच कार्यक्रमको औचित्य र महत्वको बारेमा कम्पनीको तर्फबाट ‘एक स्थानीय तह, परियोजना’ संयोजक केशवराज लम्सालले प्रस्ट्याएका थिए । उक्त कार्यक्रमको संचालन मुक्तिनाथ कृषी कम्पनि गण्डकी प्रदेश, क्षेत्रिय प्रबन्धक भूमिराज भण्डारीले गरेका थिए ।




Comments are closed.