मुक्तिनाथ विकास बैंकद्वारा ‘वीच्याट–पे’ भुक्तानी सेवा सुरु

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट –पे’ संग साझेदारी गरेको छ । डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न वीच्याट पेसँग सहकार्य गरिएको बैंकले जनाएको छ ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौता पछि वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । चीनमा निकै लोकप्रिय रहेको वीच्याट –पे मार्फत नेपाल भ्रमण गर्ने चिनिया पर्यटक वा व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा खरिदको लागि वीच्याट –पे मार्फत भुक्तानी गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

footwear zone

मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा लगायतका सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको सहायक नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.