काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकल नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेसनल कर्जा प्रदान गर्नेछ ।
सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसको तर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ सेवाहरु सहज रुपमा प्रदान गरिने भएकाले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले बताए ।
अडानले लेखा व्यवसायसंग सम्बन्धित लेखापरीक्षक एवं लेखा व्यवसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रीय कार्य समिति छन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३८ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिजा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।





Comments are closed.