मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

काठमाडौं ।
मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलिया  (Muktinath Remit Australia) को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको website https://www.muktinathremit.com.au  माLog in गरी वा मोबाईल एप्स बाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४,००० भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको website ttps://www.muktinathremit.com.au पनि हेर्न बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

footwear zone

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM  बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

You might also like

Comments are closed.