स्थापनाको पहिलो वर्षमै माइपे वालेट पाँच लाख डाउनलोड

काठमाडौं । स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा पाँच लाखभन्दा बढी डाउनलोड पुर्‍याउन सफल भएको छ। सोहि अवसरमा माइपे वालेटले यही माघ तीन र चार गते बेलुका ४ बजेदेखि राती १२ बजेसम्म पाँच प्रतिशत बढीमा एक सय रुपैयाँसम्म क्यासब्याक अफर दिने बताएको छ ।

स्थापना भई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो । माइपेमा प्लेस्टोर, एप स्टोर र वेव साइटसमेत गरी हालसम्म ८ लाखभन्दा बढी ग्राहक संख्या पुगिसकेका छन्। यो सफलताले निकै उत्साहित भएको माइपे का प्रमुख कार्यकारी अधिकृत मनोजकुमार मेहताले बताए । ‘युवा ग्राहक महानुभावहरुको पहिलो रोजाइको वालेट भएकाले नै यो सफलता हाता पारेका हौं,’उनले भने ।

डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेटमार्फत ग्राहकले हवाई टिकट बुकिङ, मोबाइल टप अपसँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ। जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन् ।

footwear zone

साथै यस वालेटबाट कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ, जसको मूल्य एक क्वाइन बराबर एक रुपैंयाँ नै हुन्छ ।

You might also like

Comments are closed.