काठमाडौं । नबिल बैंकले भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनल (VISA International) सँगको सहकार्यमा नबिलले भिसा डाइरेक्ट सेवा (Visa Direct Service) सुरु गरेको हो ।
यस सेवामार्फत विदेशमा रहेका जोकोहीले नबिल बैंकको भिसा कार्ड भएका ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् । यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो ।
नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षितरूपमा पैसा प्राप्त गर्न सक्नेछन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकहरूलाई भिसा डाइरेक्ट सेवा (Visa Direct Service) सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘यो सेवाको शुरुवात् सँगै स्वदेशी र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिट्यान्स प्राप्त गर्न अर्को एउटा च्यानल खोलेको छ,’ उनले भने ।




Comments are closed.